
उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ गराँस स्थित नारायणी सामुदायिक वनमा घाँकस घाट्ने क्रममा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाका अनुसार आज सोमबार बिहान घाँस काट्नेक्रममा भालुको आक्रमणबाट ४६ वर्षीय पंचमाया तामाङ घाइते भएकी हुन् ।
घाइते महिलाको अहिले कटारी अस्पताल उदयपुरमा उपचार भइरहेकोप्रहरीले जनाएको छ ।