राजविराज । राजविराज नगरपालिका वडा नम्बर ९ स्थित मलेठ गाउँमा बिहीबार आगलागी हुँदा २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय पुलकित खंगको घरमा आगलागी भई तीनवटा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद सहित जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घरको भान्सा कोठामा खाना पकाउने क्रममा चुलोबाट आगो सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनले आगलागीबाट घर र घरभित्र रहेको भाडा वर्तन, कपडा लाता, अन्नपात, नगद ४० हजार रुपैयाँ, र काठ समेत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताए ।
विहान १० बजे भएको आगलागी प्रहरी स्थानियबासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







