राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।
मंगलबार राजविराजमा लोसपा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले मधेशी दलहरुलाई दिने केन्द्रमा भएको सत्ता गठबन्धनबीचको सहमति अनुसार यो प्रदेशमा मधेशी दलले नै सरकार बनाउने हुँदा अब नेतृत्व गर्ने पालो लोसपाको रहेको बताए ।
“मधेश प्रदेशमा काँग्रेस–एमाले दुई ठुला दल मिलेर पनि सरकार बन्ने स्थिति नरहेको भन्दै, मधेशी दलको पनि साथ चाहिन्छ र मधेशी दलहरुले नेतृत्व गरिसकेको छ ।
मधेशमा भएको खडेरी र खानेपनी समस्याबारे सरकार र सदमा पनि आवाज उठाउने काम आफूले गरिरहेको जानकारी दिए ।
सप्तरीका राजविराजमा बुधबार आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागि हुन आईपुग्नुभएका अध्यक्ष ठाकुरले विगतमा भएको आन्दोलनबाट पहिचान पाएको तर अधिकार नपाएकोले मोर्चा बनाएर जनताबीच आएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको