ललिता साह
भक्तपुर । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ३ महिनाभित्र ७ सय ५३ वटै स्थानीय तहमा युवा परिषद गठन गर्नुपर्ने बताएका छन । बुधवार राष्ट्रिय युवा परिषदको अठारहौ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भक्तपुरको सानोठिमी स्थित युवा परिषदको केन्द्रिय कार्यालयमा सम्पन्न बैठकले लिखित चिठी सहित संघीयताको मर्म अनुरूप स्थानीय संरचना गठनमा पहल गर्न परिषदलाई निर्देशन दिएका हुन । स्थानीय संरचना गठनले स्वीकृत कार्यक्रम सञ्चालन गर्न सहज तथा पारदर्शी हुने उनले बताए ।
परिषदको अध्यक्ष समेत रहेका मन्त्री चौधरीको आयोजना गरिएको बैठकले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, चालु आर्थिक वर्ष २०८२ /०८३ को वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी जानकारी र कार्यक्रम कार्यान्वयन पुस्तिका २०८२ /०८३ को मस्यौदा स्वीकृति, युवा उद्यम विकास कार्यक्रम अन्तर्गत बेरुजु कायम भएको रकम सम्बन्धमा छलफल भएको छ । त्यस्तै स्थानीय तहमा परिषद गठन , जिल्ला युवा समितिहरूको जिन्सी व्यस्थापन, नेपाल युवा परिषद नामक गैरसरकारी संस्था सम्बन्धमा, परिषदको बोर्ड कार्यकारी सदस्य मनोनयन लगायतको विषयमा छलफल गरी निर्णय गर्ने परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
युवा परिषदको सदस्यहरुको कार्यक्षेत्र फराकिलो बनाएर कार्यन्वन गर्ने आजको बैठकले निर्णय गर्न मन्त्री चौधरीले निर्देशन दिएको छ । राष्ट्रिय युवा परिषदको ऐन पुसभित्रै मन्त्री परिषदबाट पारित गर्ने उनले बताए।
बैठकमा देशैभरिबाट परिषदको बोर्ड सदस्यहरु ,युवा तथा खेलकुद मन्त्रालयको सचिव डाक्टर हरि लम्साल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सचिव विश्ववावु पुडाशैनी गाउँपालिका महासंघका महासचिव खेम बहादुर थापा सहितको सहभागिता रहेको परिषदको सदस्य सचिव गेहनाथ गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको