राजविराज । सप्तरीको राजविराजमा तेस्रो सप्तरी महोत्सव हुने भएको छ ।
सप्तरी उधोग बाणिज्य संघले राजविराजमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी आठ बर्षपछी महोत्सव आयोजना गर्ने लागेको जानकारी दिए।
सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले असोज २२ गते देखी कार्तिक ६ गतेसम्म १५ दिने सप्तरी महोत्सव आयोजना गरिने बताए । स्थानीय उत्पादनलाई प्रचारप्रसार गरि बजारीकरण गर्दै उधोग व्यवसायीलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने महोत्सवको प्रमुख उदेश्य रहेको अग्रवालले बताए ।
महोत्सवमा स्थानीय विभिन्न बस्तु तथा सेवाहरुको एकैठाउँमा प्रदर्शनी गरि ग्राहकहरुसंग प्रत्येक्ष अन्तरक्रिया, स्थानीय कलाकार तथा कलसंस्कृतिको प्रबर्द्धन गर्ने, पर्यटन, स्वास्थ्य शिक्षा क्षेत्रमा अवसरको खोजी जस्ता गतिविधि गरिने जनाएको छ ।
महोत्सवमा १ लाख ५० हजारबढी अवलोकनकर्ता आउने आकलन गरिएको छ भने कृषि उपज, थारु, मिथिला खाना,राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने अध्यक्ष अग्रवालले बताए ।
महोत्सवमा आउनेहरुका लागि १ सय प्रवेश शुल्क राखिएको छ । स्वयंसेवक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताए ।
सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेतीले स्थानीय उधोग, पर्यटन विकासमा महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे ।
तेस्रो सप्तरी महोत्सव २०८२ को सह आयोजकमा जिल्लाका १८ वटै स्थानीय तहलाई राखिएको छ भने मिडिया पार्ट्नरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई राखिएको छ ।
स्थानीय उत्पादनका लागि निशुल्क स्टल तथा १ सय ५० बढी स-शुल्क व्यापारीक स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा एक करोड ६८ लाखको कारोबार हुने अनुमान गरिएको छ ।







