काठमाडौं । नेपाली कांग्रेसको आज क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समितिको बैठक बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक जुममार्फत अहिले बिहान ८ बजे सुरु हुनेछ।

बैठकमा कांग्रेसका ७७ जिल्ला सभापति, कार्यवाहक सभापति, महामन्त्रीद्वय सहभागी हुनेछन् ।

क्रियाशील सदस्यता केन्द्रीय व्यवस्थापन समिति महामन्त्री गगन थापाको संयोजकत्वमा छ ।

कांग्रेसले आउने पुस २६-२८ पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट विवरण केन्द्रमा आइपुग्ने मिति राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको