काठमण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार अहिले केहीबेरमा भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । उज्यालो नेपाल पार्टीसँग पुस १४ गते भएको समझदारी भाँडिएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको हो ।

हिजो बिहान र बेलुकी दुई पटक रवि लामिछाने र कुलमान घिसिङबीच भएको वार्तामा सहमति नभएपछि विवाद उत्कर्षमा पुगेको छ। संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा लिखित सहमति हुनुपर्ने कुलमानको अडान कार्यान्वयन नभएपछि उज्यालो नेपालका नेता तथा कार्यकर्ताहरु सशंकित बनेर नयाँ रणनीति अपनाउने अवस्थामा पुगेपछि रविले बैठक डाकेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको