राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार बुझाउन सबैसँग आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले हातहतियार बुझाउन भनेको हो ।
‘यही मिति २०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको १ महिना पश्चात फिर्ता पाउने गरी मिति २०८२ माघ २० गते भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ’ जारी सूचनामा भनिएको छ ।







