काठमाडौं। पिताको निधनपछि पत्नी राधिका शाक्यसहित पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल–कोरियामैत्री अस्पताल पुगेका छन् ।
केही समययता अस्वस्थ रहेका ९७ वर्षीय मोहनप्रसाद ओलीको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा आज बिहान निधन भएको थियो ।
अस्पतालमा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ ।अध्यक्ष ओली र पत्नी राधिकाले पनि बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अहिले अस्पताल परिसरमा राखिएको ओलीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि एमालेसहित अन्य दलका नेता-कार्यकर्ता पुगेका छन् ।
उनको पार्थिव शरीरलाई ओलीको गुण्डु स्थित निवासमा लगिने भएको छ भने अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिनेछ ।







