काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेनजी शहीदहरुको सालिक निर्माण गर्न माग गरेकी छन् ।
बुधबार सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै सम्मान मात्र नपुग्ने भन्दै यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन्।
‘सहिदको बलिदान र घाइतेको पीडालाई केबल सम्मान मात्र होइन व्यवहारिक रुपमा पनि न्याय दिने सम्मान गरियोस्,” यथाशीघ्र संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस,’ उनले भनिन् ।
साथै सांसद खतिवडाले आफूहरूले सरकारलाई प्रश्न सोध्न नपाउने ? हो भन्दै प्रश्न सोधेकी छन् ।
सत्तामा भएको पार्टीका सांसदले कसलाई सोधेको भनेर सोधिने गरिएको सुनाइन् ।
‘सरकारलाई प्रश्न सोध्न नपाउने हो ? डाडुपन्यौँ तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ, कसलाई सुनाएको ? कसलाई सोधेको भनि रोइलो चलिरहेको छ,’ उनले थप भनिन् ।







