काठमाडौं । सुदन गुरुङ फेरि गृहमन्त्री बन्न लागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका गुरूङ फेरि बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लागेका हुन् ।

प्रहरीको हिरासतमा रहेका विचौलिया दीपक भट्टसँग सझोदारी गरेको र सम्पत्ति विवरण भर्दा छलछाम गरेको आरोप लागेपछि उनले बैशाख ९ गते गृहमन्त्री पदबाट राजिनामा दिएका थिए ।

त्यसपछि सरकारले उनीमाथि छानविन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति समिति बनाएको थियो ।

जसमा महालेखानियन्त्रक शोभाकान्त पौडेल र सहमहान्यायाधविक्ता अच्युतमणि न्यौपाने सदस्य थिए।

उक्त छानबिन समितिले उनलाई क्लिन चिट दिएको थियो ।

क्लिन चिट पाएसँगै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णय गरिएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजै ३ बजे उनको सपथग्रहण हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको