मोरङ । सुनसरीको देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कोशी प्रदेश सरकारले भारतसँग जोडिएका दक्षिणी सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएर नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि परिचयपत्र अनिवार्य गरेको छ।
विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार बसेको सर्वपक्षीय सुरक्षा बैठकले सीमा क्षेत्रको सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले आइतबार रातिको घटनापछि सीमा क्षेत्रबाट हुन सक्ने बाह्य घुसपैठ, हातहतियार तथा लागूऔषध ओसारपसारको जोखिम रोक्न अतिरिक्त प्रहरी परिचालन गरिएको बताए।
तनाव जारी रहेको सुनसरीका दक्षिण क्षेत्रमा मधेश प्रदेशबाट पनि प्रहरी टोली खटाइएको उनले बताए । कोशी प्रदेशका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी झिकाएर सुरक्षा बलियो बनाइएको खनालले बैठकमा ब्रिफिङ गरे ।
उता बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धार्मिक संगठनको आवरणमा केही समूह नेपाल छिर्न सक्ने सूचना आएकाले सीमा नाकामा विशेष निगरानी थालिएको बताए। कट्टेलले सरकारी र आधिकारिक परिचयपत्र वाहकलाई मात्रै नेपाल प्रवेश गर्न दिइने बताए । शंकास्पद गतिविधिमा संलग्नलाई कडा निगरानीसहित नियन्त्रणमा लिन भनिएको उनले बताए ।
आइतबार रातिको देवानगञ्ज घटनापछि सीमा क्षेत्रमा सुरक्षा निकाय उच्च सतर्क अवस्थामा रहेको बताउँदै उनले परिचयपत्रबिना नेपाल छिर्न नदिने नीति लिइएको उल्लेख गरे ।
आइतबार राति दुई धार्मिक समुदाबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाएका थिए। त्यसक्रममा प्रहरीको गोली लागेर अन्य १० जना घाइते भए । घटनामा १२ जनाभन्दा धेरै प्रहरी पनि घाइते भभए ।
उक्त घटनापछि सुनसरीका सबै दक्षिणी क्षेत्र र सदरमुकामा इनरूवामा पनि तनाको अवस्था छ। अनियन्त्रित समूहले विभिन्न स्थानमा आगजनी र तोडफोड गरेपछि सेनासमेत परिचालन गरिएको छ।
उता विराटनगगरकव सर्वपक्षीय बैठकका सहभागीले सामाजिक सद्भाव कायम राख्न आह्वान गरे। अफवाहको पछि नलाग्न, कानुन हातमा नलिन र धार्मिक सद्वभाव कायम राख्न पनि उनीहरूले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको