राजविराज । अख्तियार दुरपयोग अनुसन्धान आयोगले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीमा छापा मारेको छ।

पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि प्रति भ्याक्सिनेटर २० देखि २५ प्रतिशतसम्म घुस मागेको उजुरीका आधारमा आयोगको इटहरीस्थित कार्यालयको टोलीले विज्ञ केन्द्रमा छापा मारेको हो ।

छापा मार्ने क्रममा अख्तियारले उक्त कार्यालयका प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई पक्राउ समेत गरेको छ ।

तर, कार्यालय प्रमुख दासले सवारी चालक दासमार्फत भ्याक्सिनेटरहरूलाई घुस रकम माग्न दबाब दिने गरेका थिए ।

भ्याक्सिनेटरहरूले पशुचौपायालाई भ्याक्सिन लगाए बापत प्रति बाख्रा ५ रुपैयाँ र पशुचौपायाको १० रुपैयाँ लिंदै आएको छन्।

सोही काम गरेको रकम भुक्तानी माग गर्दा कार्यालय प्रमुखले घुस मागेपछि भ्याक्सिनेटरहरूले आयोगमा सामूहिक उजुरी गरेका थिए ।

सोही आधारमा आयोग विज्ञ केन्द्रमा छापा मार्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको