राजविराज । सप्तरीबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर–४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् ।
प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२ बजेको समयमा हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
उक्त घटनापश्चात उनी फरार रहँदै आएका सदायलाई आफ्नै घर सिल्हटमा लुकुछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको थियो । त्यसै विवादका कारण रुन्जेले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक गीतका बुवा सुकराती सदाको जाहेरी अनुसार मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको