सुनसरी। सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७, रानीबस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८, अशोक चोक बस्ने ३२ वर्षीय इम्रान खान छन् ।

मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि जाँच गरेको थियो।

चेकजाँचका क्रममा नुरको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरिएको हो ।

दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, दुवैजनामाथि थप अनुसन्धान र कारबाही भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको