राजविराज । भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्।
सन् २०२६ जुन ३० मा भारतको प्रधानसेनापतिको रूपमा पद सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन् ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिने कार्यक्रम रहेको छ ।
काठमाडौँ । भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्।
सन् २०२६ जुन ३० मा भारतको प्रधानसेनापतिको रूपमा पद सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने छन् ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिने कार्यक्रम रहेको छ । सन् १९५० देखि नै दुई देशका सेनाबिच मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहबिच भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। दुवै देशका प्रधानसेनापति नियुक्त भएपछि एक अर्काको देशमा भ्रमण गर्ने चलन पनि रहिआएको छ।







