बिराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्।प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेश सभा सदस्यहरूले मतदान गरेका हुन्।

​त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका २९ मध्ये २२ जना सदस्य मतदानमा सहभागी भई विपक्षमा मत खसालेका छन्।

राप्रपाका सभामुखसहित ५ जना सदस्य मतदान प्रक्रियामा तटस्थ रहे भने जनता समाजवादी पार्टी ९जसपा० की एकमात्र सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहिन्।

​९३ सदस्यीय प्रदेश सभामा एक जनाले राजीनामा दिएपछि कायम ९२ सदस्यमध्ये सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको