इटहरी । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले ठेक्का सम्झौता अन्त्य गरिएका तीन निर्माण व्यवसायीलाई ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी सरकारी बाँकी रकम दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ।
सडक विभागअन्तर्गतको योजना कार्यालयले करार अन्त्य गर्नुपर्ने अवस्था सिर्जना भएपछि ठेक्का सम्झौता रद्द गरिएको र त्यसबापत निर्माण व्यवसायीले क्षतिपूर्ति तथा असुलउपर गर्नुपर्ने रकम दाखिला गर्नुपर्ने जनाएको छ।
कार्यालयका अनुसार पप्पु महादेव जेभी, काठमाडौं, गौरी पार्वती देव एण्ड सायर भूमि जेभी, विराटनगर, मोरङ र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रा.लि., हेटौंडा, मकवानपुरसँग भएका ठेक्का सम्झौता अन्त्य गरिएको हो।
उनीहरूलाई क्रमशः निम्न रकम दाखिला गर्न भनिएको छः
पप्पु महादेव जेभी — १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ ७७ पैसा
गौरी पार्वती देव एण्ड सायर भूमि जेभी — १ अर्ब ११ करोड ९२ लाख ५५ हजार ५८६ रुपैयाँ ६३ पैसा
श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रा.लि. — १ अर्ब ३९ करोड ४६ लाख ४४ हजार ५४९ रुपैयाँ ५४ पैसा
तीनवटै कम्पनीबाट असुलउपर गर्नुपर्ने रकम जोड्दा करिब ४ अर्ब ५० करोड ५१ लाख रुपैयाँ पुग्छ।
कार्यालयले सूचनामा तोकिएको अवधिभित्र रकम दाखिला नगरे प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी नियमावलीअनुसार सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनी दिएको छ।
ठेक्का सम्झौता अन्त्यसम्बन्धी कारबाही सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(३)(ख), ५९(८), सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८(२) तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९०(१), ९०(३) र ९०(५) बमोजिम गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको