काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमाथि सिरहामा आक्रमणको प्रयास भएको छ। एक कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उनीविरुद्ध कार्यक्रमस्थलमै चर्को विरोध र होहल्ला भएपछि उनको सम्बोधन बीचमै रोकिएको हो।

मन्त्री पोखरेल बोलिरहेका क्रममा केही व्यक्तिले होहल्ला गर्दै विरोध जनाएका थिए। स्थिति असहज बनेपछि कार्यक्रमस्थलमा तनाव उत्पन्न भएको र मन्त्रीको सम्बोधन रोकिएको जनाइएको छ।

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल सिरहामा विद्यार्थीसँग साक्षात्कार गर्नुका साथै औरही र लहानमा आयोजना हुने शैक्षिक कार्यक्रम तथा पाठ्यक्रम परिमार्जनका लागि मधेश प्रदेशबाट सुझाव संकलन गर्न पुगेका थिए।

शैक्षिक सुधार र पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गर्ने क्रममा मन्त्रीकै सुरक्षामा चुनौती देखिने गरी भएको उक्त घटनाले कार्यक्रमस्थलको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको