राजविराज । राजविराज उच्च अदालत बार एसोसिएसनको निर्वाचनपछिको मतगणनामा पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ।

मतगणना स्थलमा अनियमितता तथा गोप्य रूपमा मतगणना भइरहेको सूचना पाएपछि समाचार संकलनका लागि पुगेका पत्रकारलाई निर्वाचन अधिकृत धर्मेन्द्र यादवले मतगणना स्थलमा प्रवेश गर्न नदिएका हुन्।

पत्रकारलाई किन प्रवेश गर्न नदिएको भन्ने प्रश्नमा निर्वाचन अधिकृत यादवले पत्रकारलाई प्रवेश नदिने निर्णय नै गरिएको प्रतिक्रिया दिएका छन्।

निर्वाचनजस्तो सार्वजनिक सरोकारको विषयमा भइरहेको मतगणनालाई सञ्चारकर्मीबाट टाढा राखिएपछि पारदर्शितामाथि प्रश्न उठेको छ। मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्नुले निर्वाचन प्रक्रिया थप शंकास्पद बनेको भन्दै सरोकारवालाले निष्पक्ष र पारदर्शी मतगणनाको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
7
1
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको