राजविराज । साह सेवा सदन सप्तरीको साधारण सभाको उद्घाटन सत्र आज राजविराजमा सम्पन्न भएको छ ।
साह सेवा सदनद्वारा आयोजित उद्घाटन सत्रमा वक्ताहरुले स्वजातियद्वारा बनाइएको धर्मशालालाई सुविधा सम्पन्न बनाई जनतालाई सेवा गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनीहरुले जिल्ला देखि केन्द्र सम्म रहेको धर्मशालाहरुमा आई सुविधा लिन सम्पूर्ण व्यक्तिहरुसँग आग्रह समेत गरे ।
सभाको प्रमुख अतिथि रहेका तेली कल्याण समाजका महासचिव तथा साह सेवा सदन काठमाडौंका केन्द्र अध्यक्ष राजदेव साहले साह सेवा सदन समाजको लागि जिल्ला जिल्लामा निर्माण हुन लागेको र यसलाई मुर्त रुप दिन सवैलाई प्रतिवद्ध र सक्रिय भई योगदान गर्न विशेष अनुरोध गरें । उनले संघ संस्थालाई राजनीतिबाट अछुतो राखि विशुद्ध सर्वमान्य तुल्याई उत्कृष्ठ सेवा प्रदान गर्न आग्रह समेत गरे ।
साह सेवा सदन सप्तरीका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको उद्घाटन सत्र कार्यक्रममा पूर्व सांसद शिवराम यादव, पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, पूर्व सांसद जगदिश प्रसाद साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, तेली कल्यण समाजका केन्द्रिय सदस्य उमदेश्वर प्रसाद साह, समाजका सप्तरीका अध्यक्ष हरिनन्दन साह, सचिव दुर्गा प्रसाद साह, बुद्धिजिवि सुवद्धि साह, बौकु साह, रामदेव साह लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको