राजविराज। सप्तरीको बलान बिहुल गाउँपालिकाले दशैंको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सूचना जारी गर्दै कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको हो ।

‘दशैं पर्वलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न मदिराजन्य वस्तु बेचविखन तथा ओसार पोसार नगर्नु नगराउनु हुन सुचित गरिन्छ ।’– सूचनामा भनिएको छ।

गाउँपालिका अध्यक्ष यादबले सूचनाको उल्लंघन गर्ने पसल तथा व्यक्तिहरुलाई नियमानुसार कार्यवाही हुने चेतावनी समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
7
1
1
1
1
1
1

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको