काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की आफूलाई हटाउने सरकारी निर्णय विरुद्ध अदालत जाने भएका छन् ।
सरकारको निर्णयपछि उनले निकटस्तहरुसँग छलफल गरेको र सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने प्रतिक्रिया दिएको बताइएको छ ।
कार्कीले सल्लाह गरेका एक निकटस्तका अनुसार, उनले अब कानुनी लडाइँमा जान बताएका हुन् ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।







