बोदे बर्साईन ।सप्तरीकाे बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाका सह- संयोजक बैजनाथ साहलाई प्रहरीले साेमबार पक्राउ गरेकाे छ ।

उक्त नगरपालिकाका स्वास्थ्य संयाेजक राजनारायण ठाकुरकाे माेटरसाइकलमा सह-संयाेजक साहले लागुअैाषध राखेर फसाउने षडयन्त्र गरेकाे आराेपमा पक्राउ गरिएकाे जिल्ला प्रहरी सप्तरीका प्रपक्ता डिएसपी ढुण्डिराज न्याैपानेले बताए ।

वाेदे वर्साइन ५ का सह-संयाेजक साहले ठाकुरकाे लु५५प ५४३९ नम्बरको माेटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअैाषध राखेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे न्याैपानेले बताए । साेही आराेपमा बोदे बर्साईन नगरपालिका ५ जाँजरका मो. नजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे डिएसपी न्याैपानेले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
116
12
11
4
3
3
19

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको