राजविराज । बोदे बरसार्ईन नगरपालिका स्थित प्रशासनिक भवनको बाउन्ड्री वालको योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।

आयोगको इटहरीस्थित कार्यालयबाट मंगलबार शाखा अधिकृत, प्राविधिक सहितको टोलीले योजनाको स्थलगत अनुसन्धान सुरु गरेको हो ।

दुई पटक निर्माण गरिएको पर्खाल भत्किएपछि नगरपालिकाले तेश्रो पटकसमेत सोही वाल निर्माण गरेको हो ।

अख्तियारको टोलीले बाउन्ड्री वालको निर्माणमा अनियमितता भएको समाचार उजुरीका आधारमा छानबिन सुरू गरेको हो ।पर्खाल निर्माणकै लागि यस नगरपालिकाले १ करोड ८ लाख खर्च गरेको छ ।

नगरपालिकाले नयाँ प्रशासनिक भवनको चारैतर्फ २ सय २० मिटर बाउन्ड्री वालको लम्बाइ रहेको छ । त्यसमध्ये पश्चिमतर्फको ६८ मिटर बाउन्ड्री वाल निर्माण गर्न आर्थिक वर्ष ०७४/७५ मा १२ लाख ६३ हजार ८ सय ९५ रुपैयाँ ११ पैसामा पवन कन्ट्रक्सन हनुमाननगर कंकालिनी नगरपालिका( २ सँग सम्झौता गरेको थियो ।

सोही आर्थिक वर्षमा पश्चिमतर्फको पर्खाल निर्माण भएको थियो । यस्तै पूर्व, उत्तर र दक्षिणतर्फको पर्खाल निर्माणका लागि दोश्रो पटक आर्थिक वर्ष ०७५/७६ मा सोही कन्ट्रक्सनसँग १९ लाख ४१ हजार ४ सय ९६ रुपैयाँ ४६ पैसामा सम्झौता गरी कार्य समपन्न भएको थियो ।

लाखौं रकम लगाएर निर्माण गरिएको उक्त बाउन्ड्री वाल ०७८ साल भदौमा वर्षा हुँदा पश्चिमतर्फ भत्किएपछि नगरपालिकाले कमजोर संरचना रहेको भन्दै चारतिरको पर्खाल आफैंले भत्काएको थियो ।

भत्काएपछि फेरि आर्थिक वर्ष ०७९/८० मा बाउन्ड्री वाल, गेट, पार्किङ सेडसमेत गरी टेण्डर गर्दा ७६ लाख १६ हजार ४ सय ६० रुपैयाँ ३० पैसामा आरसी निस्था कन्ट्रक्सन एण्ड सप्लायर्स लालबन्दी (७ सर्लाहीसँग २०७९ पुस २२ गते सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार कार्य सम्पन्न भएको हो ।

पहिलो र दोश्रो पटक निर्माण गर्दा गुणस्तरीय काम हुन नसकेकोले पर्खाल भत्किएपछि पुनस् तेश्रो पटक निर्माण गरिएको बाउन्ड्री वाल ३० प्रतिशत पुरानो ईटाँ प्रयोग गरेको बोदेवरसाइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश ठाकुरले बताए ।
उनका अनुसार पहिलो र दोश्रो पटक निर्माण गर्दा प्राविधिक रुपले समग्र वस्तुस्थितिको मूल्यांकन गर्न नसकिएकाले पर्खाल वर्षामा भत्किएको हो ।

पहिलो र दोश्रो पटक निर्माण भएको गुणस्तरहिन बाउन्ड्री वाल निर्माणमा नगरपालिकाका तर्फबाट अरबिन्द यादव इन्जिनियर थिए ।
निर्माण भई सकेको बाउन्ड्री वाल भत्किएपछि स्थानीयहरूले रकम दरूपयोग भएको भनी विरोध जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
7
1
3
2
0
0
3

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको