पूर्वमुख्यमन्त्री केदार कार्कीको सर्वोच्च अदालतकी न्यायाधीश सारंगा सुवेदी माथि प्रश्न : न्यायालयमा अनुहार र सामीप्यता होइन, योग्यता र इमानदारी हेरिनुपर्छ।
काठमाण्डौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले न्यायालयको निष्पक्षता, न्यायाधीश नियुक्ति प्रक्रिया र न्यायिक गरिमामाथि गम्भीर प्रश्न उठाएका छन्।
उनले समाजीक सजालमा सारङ्गा दिदीलाई सम्बोधन गर्दै इमान सापकोटा बेइमान भएको हो कि काठमाडौं पार्टीमा लेखिएको समाचार राजनीतिक हल्ला मात्रै हो भन्ने प्रश्न गरेका छन्। साथै, नेपाली कांग्रेसले न्यायालयको बेन्चमा आफ्नो न्याय करोडौँ रुपैयाँमा बिक्री गरेको हो कि भन्ने आशंकासमेत सार्वजनिक रूपमा व्यक्त गरेका छन्।
कार्कीले विगतमा चर्चामा आएको कुनै निर्णय वा सहमतिपत्र लेखिसकेपछि च्यातिएको भन्ने हल्लाको वास्तविकता के हो भन्दै सम्बन्धित पक्षसँग जवाफ मागेका छन्।
उनले न्यायालय न्यायको खरिद–बिक्री गर्ने कसाहीखाना नभई निष्पक्ष न्याय प्रदान गर्ने पवित्र संस्था हुनुपर्ने धारणा राखेका छन्।
कार्कीको भनाइमा न्यायिक नियुक्ति तथा जिम्मेवारी प्रदान गर्दा व्यक्तिगत सम्बन्ध, अनुहार र राजनीतिक सामीप्यतालाई आधार बनाइनु हुँदैन। त्यसको सट्टा योग्यता, क्षमता, इमानदारी र निष्पक्षतालाई प्राथमिकता दिनुपर्छ।
“न्यायालय न्याय खरिद–बिक्री गर्ने कसाहीखाना होइन, न्यायमूर्ति बस्ने ठाउँ हुनुपर्छ। अनुहार र सामीप्यता होइन, योग्यता हुनुपर्छ। जसले न्यायालय सुधार्छ, त्यसलाई मेरो समर्थन छ,” कार्कीको भनाइ छ।
न्यायालयको गरिमा र निष्पक्षतामाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन र तथ्यपरक जवाफ आवश्यक रहेको उनको अभिव्यक्तिले संकेत गरेको छ।







