राजविराज/ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरुले विपद् व्यवस्थापन सम्बन्धी अभ्यास गरेका छन् ।
जिल्लाको हनुमाननगरमा विपद् स्वयंसेवक परिचालन सात दिने आधारभूत तालिमका सहभागीहरुले आईतबार अभ्यास गरेका हुन् ।
कात्तिक १२ गतेबाट सुरु भएको तालिमका सहभागीहरुले तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ५ टिकुलिया स्थित कोशी नदिको किनारमा पानीमा डुबेकालाई उद्धार, प्राथमिक उपचार र आगो नियन्त्रणको अभ्यास गरिएको परियोजना संयोजक लक्ष्मण खत्रीले जानकारी दिए ।
कोकाकोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबल संगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित “नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना परियोजना अन्तर्गत सञ्चालन गरिएको तालिमकै क्रममा गरिएको अभ्यासले विपद्का समयमा प्रभावकारी रुपमा परिचालित हुन स्वयंसेवकहरुलाई थप सीप प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।
अभ्यासका क्रममा बाढी, पहिरो तथा डुबानमा खोज तथा उद्धार, आगलागी प्रतिकार्य, व्यक्तिगत सुरक्षा, डोरीको प्रयोग, सम्बन्धी सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यास समेत गराइएको जनचेतना अभियान नेपालले जनाएको छ ।
अभ्यासमा तालिमका कोर्स संयोजक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राई लगायतका नौ सदस्यीय प्रशिक्षकहरु सहभागि थिए भने तिलाठी कोइलाडी गाउँपालिकाका सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य गरी२४ जनाको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको