रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको समर्थन फिर्ता लिन अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले दबाब दिने जनाएको छ ।

रौतहटको सदरमुकाम गौरमा तीन दिनसम्म चलेको नेसपाको संघीय कार्यसमितिको विस्तारित बैठकपश्चात् जारी विज्ञप्तिमा मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको छ । संविधान संशोधनप्रति सरकार उदासीन रहेकोले मोर्चाले सरकारबाट समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष नेसपाको बैठकले निकालेको सांसद तथा प्रवक्ता डा. डिम्पल कुमारी झाले जनाएकी छन् । यसैगरी, संसदमा दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका विरुद्धको महाअभियोगले मधेश एजेन्डालाई ओझेलमा पार्ने षड्यन्त्र गरिएको नेसपाको आरोप छ । सो तीन दिवसीय बैठकले पार्टीका महासचिवद्वारा प्रस्तुत संगठनसम्बन्धी आगामी कार्ययोजना एवं पार्टीको छैठौं महाधिवेशन पश्चात् हालसम्म संघीय कार्यसमितिद्वारा सम्पादित कार्यहरुलाईसमेत अनुमोदन गर्ने निर्णय गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको