तुलसी प्रसाद कोईराला
उदयपुर– उदयपुर प्रहरीले लागु औषध नियन्त्रणमा सक्रियता बढाएको छ ।
इलाका प्रहरी कार्यालय कटारीले यो दुई दिनमा ३२ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरिसे गाविस ५ बस्ने पुर्ण बहादुर थापा मगर रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चिरन्जिवी कोईरालाले बताए ।
गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
यस अघि आईतबार गाँजा सहित पक्राउ परेका सिरिसे ८ का दुर्गा बहादुर तामांङको वयानको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी कोईरालाले जानकारी दिए ।
मगरलाई म्याद थप गरि लागू औषध तथा नियन्त्रण ऐन अनुसार मुद्दा चलाईने प्रहरीले जनाएको छ । लागू औषध गाँजाको खेती नष्ट गर्न समेत शनिवार देखि नै उदयपुर प्रहरी अभियानमा जुटेको छ । टोलीले तीन दिनमा ४३ रोपनी गाँजा खेती नष्ट गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको