विनय कुमार लाल कर्ण
राजविराज–एक समयमा नैमिषारैण्यमे सर्वशास्त्रज्ञ शौनक मुनि सूतजी संग जिज्ञासा राखे कि यो पृथ्वीमा मानिसहरु विभिन्न प्रकारको रोगबाट ग्रस्त छन्, कसैलाई सन्तान हुँदैन त कसैको पुत्रको अल्पआयुमा नै मृत्यू भईहाल्छ, उनीहरुको दुःख कसरी नाश हुन्छ ? त्यसपछि सूतजीले कथा प्रारम्भ गरे ।
उनले भने ठीक यस्तै कुरा सत्यव्रती भीष्म पुलस्त्य मुनि संग सोधेको थियो त्यो मलाई थाहा छ । यो कथा भन्ने र सुन्ने दुवैको पापको विनाश हुन्छ ।
प्राचिनकालमा एउटा बलवान र इष्र्यालु दुष्ट क्षत्रिय राजा थियो । उनलाई पूर्व जन्मको पापका कारण कुष्ट रोग भयो । उनलाई यक्ष्मा रोग समेत लाग्यो । उनी यस्तो जिवन भन्दा मृत्यू नै राम्रो बुझ्यो । ठिक त्यही समयमा एउटा शास्त्रज्ञ, धर्मात्मा, तेजस्वी ब्राम्हण त्यहाँ पुगे । राजा उनलाई हेरेर अत्यन्तै प्रसन्न भए । उनलाई पूर्ण स्वागत सत्कार गर्दै विनम्र भावसंग प्रश्न गरे ‘म कुष्ट रोग तथा यक्ष्मा रोगबाट पीडित छु, कोई पुत्र विहिन छ, कसैको सन्तान नै जिवित रहँदैन, कुनै स्त्रीलाई उनको पतिले त्याग गरिदिएको छ । ई सबै दुःखको निदान के होला ?’
त्यसपछि ब्राम्हणले आफ्नो मनमा विचार गरे कि जसले सुर्यदेव मानिसको सबै प्रकारको पाप नाश गरी आरोग्य प्रदान गर्दछ । त्यसैले उनी राजालाई भने ‘तपाईहरु सुर्यको ब्रत गर्नुस् अवश्य कल्याण हुन्छ ।’
त्यसपछि ब्राम्हणले उनीहरुलाई पञ्चमीको खरना देखि लिएर सप्तमीको विहान सम्म (छठब्रतको पुर्ण विधि–विधान) बुझाईदिए ।
सबैले विधि–विधान अनुसार छठब्रत गरे अनि सबैको दुःख कलेश दुर भयो । त्यसपछि राम्रो वंशको ब्राम्हण दरिद्र, मुर्ख अविवाहित थियो उनीहरु एक वर्ष यो ब्रत गरेपछि अत्यन्त यशस्वी र सुखी भयो ।
राजा जव पाँच वर्ष ब्रत गरे त्यसपछि उनका मन्त्री राजाको नजदीक आएर, राजालाई आफ्नो अगुवा मानेर सेना लिई विद्रोहीहरुलाई मारी भगाई दिए र राजा पूर्ववत् अवस्थमा राज गर्न थाले । अतः जसले यो ब्रत गरे ती सबैले मनवांछित फल प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको