राजविराज \ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जवराले स्थानीय निकायले निर्वाचन निकट भविष्यमै हुने भएकाले त्यसको तयारीमा जुट्न आफ्ना नेता कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिले राजविराजमा आयोजाना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जवराले सो कुरा वताए ।
मधेशमा दुई प्रदेश हुनुपर्नेमा जोड दिँदै उनले जनसंख्याको अनुपातमा मधेशी जनताले राज्यको सवै तहमा प्रतिनिधित्व पाउनुपर्ने बताए ।
काँग्रेस एमाले र माओवादीले सुटुक्क संविधानमा धर्मनिरपेक्षता छिराएको आरोप लगाउँदै देश धर्म निरपेक्ष रहने की हिन्दुराष्ट्र हुने सो विषयमा जनमत संग्रहमा गर्नुपर्नेमा समेत उनले जोड दिए ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच निकट भविष्यमै एकीकरण हुने बताए । पार्टी अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा पत्रकार सम्मेलनको सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको