झापा–झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित मेची पुलबाट प्रहरीले भारु सातलाख सहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी टोली र स्थानीय प्रहरीको टोलीले सात लाख भारतीय रुपैयाँसहित भारतको दार्जिलिङ जयगाउँ घर बताउने ४५ वर्षिया सूसना पोर्तेललाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टबाट खटिएको टोली र स्थानीय प्रहरीले चेक जाँचका क्रममा उनलाई पक्राउ गरेको छ ।
उनको साथबाट एक हजार, पाँच सय र एक सय दरका भारतीय रुपैयाँ बरामद भएको छ । पक्राउ परेकी पोर्तेललाई बरामद नगदसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
