राजविराज \ सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।२० वर्ष किसानी गरेको र ६० वर्ष पुगेका किसानलाई सरकारले पेन्सन दिन लागेको हो ।

कृषि विकास मन्त्रालयले किसानलाई पेन्सन वितरण गर्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको छ । जसमा किसानलाई पाँच भागमा वर्गीकरण गरिएको छ ।सरकारले ७० वर्षमाथिका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । अरु कुनै सामाजिक सुरक्षा भत्ता लिइरहेकाहरुले भने भत्ता वा पेन्सनमध्ये एक रोज्नु पर्ने छ ।

यसले कृषि पेसाप्रति नागरिकको सम्मान बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षा गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बताए । सात प्रदेशको सात जिल्लाको गरिब गाविसबाट पेन्सन वितरण सुरु गर्ने तयारी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको