काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय तह निर्वाचन उम्मेदवार धुलिखेलमा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।

धुलिखेल नगरपालिका–१२ का  राप्रपा वडा सदस्य उम्मेदवार सुकलाल तामाङ आफ्नै निवासमा  मृत अवस्थामा फेला परेका हुन् ।

 

बुधबार राति खान खाएर सुतेका ५५ वर्षीय तामाङ बिहीबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको