काठमाडौं महानगरपालिकामा अहिलेसम्म सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ, जसमध्ये नेपाली कांग्रेसले चारवटामा वडाध्यक्ष जितेर अग्रता लिएको छ भने नेकपा एमाले तीनवटा वडामा विजयी भएको छ। आइतबार दिउँसोसम्म नतिजा सार्वजनिक भएका वडाहरू १, २, २५, २७, २८, २९ र ३० हुन्। तीमध्ये १, २ र २७ वडामा नेकपा एमाले विजयी भएको छ भने कांग्रेसले वडा नम्बर २५, २८, २९ र ३० वडा जितेको छ। काठमाडौं महानगरमा सबभन्दा पहिला मतपरिणाम घोषणा भएको वडा नम्बर १ बाट नेकपा एमालेले आफ्नो विजय खाता खोलेको थियो। नक्साल क्षेत्रमा पर्ने यो वडामा एमालेका भरतलाल श्रेष्ठ १०३५ मत पाएर वडाध्यक्ष विजयी भएका थिए। उक्त वडाबाट मेयरमा पनि सबभन्दा बढी मत एमालेका विद्यासुन्दर शाक्यलाई नै गएको थियो। त्यस्तै, लाजिम्पाट क्षेत्रमा पर्ने वडा नम्बर २ मा एमाले उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्ष विजयी भएका छन्। यहाँ एमालेले प्यानलै जित्नुका साथै मेयरमा पनि एमालेले नै अग्रता लिएको थियो। एमालेले जितेको तेस्रो वडा २७ नम्बर हो। न्यूरोड, महाबौद्ध लगायत क्षेत्र समेट्ने यो वडामा चिनियाँमान बज्राचार्य वडाध्यक्ष विजयी भएका छन्। उनले १५६८ मत पाएका थिए। नेपाली कांग्रेसले जितेको २५ नम्बर वडामा नीलकाजी शाक्य विजयी भएका छन्। त्यौड क्षेत्रमा पर्ने यो वडामा मेयरमा भने एमालेले नै अग्रता लिएको थियो। त्यस्तै, बागबजार क्षेत्रको वडा नम्बर २८ मा नेपाली कांग्रेसका भाइराम खड्गी विजयी भएका छन्। अनामनगर क्षेत्रको वडा नम्बर २९ मा कांग्रेसकै कुश ढकाल १५४५ मत पाएर विजयी भएका छन्। ज्ञानेश्वर क्षेत्रमा पर्ने वडा नम्बर ३० नेपाली कांग्रेसका दलबहादुर कार्की २२३१ मत पाएर वडाध्यक्ष निर्वाचित भएका छन्।अनलाईन खवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको