राजविराज ।  सप्तरी युथ नेपालले सरसफाई अभियानका साथै अतिक्रमण हटाउने कार्यलाई समेत निरन्तरता दिएका छन् । युथ नेपालको अगुवाईमा शनिबार ५० हप्ते सरसफाई अभियानको ४१ औं हप्ता सरसफाई र अतिक्रमण हटाउने काम गरिएको छ ।
युवाहरुले थालेको सरसफाई अभियानमा शनिबार उल्लेख्य महिलाहरुले सहभागिता जनाएका छन् । आफ्नै घरबाट कुचोसहित आएकी महिलाहरुले युवाहरुको सरसफाईमा सकृय सहभागिता जनाएकी छन् । उनीहरुले राजविराजको गजेन्द्र चोकदेखि मिनी मार्केट र हटियाको केहि भागसम्म सरसफाई गरेका छन् ।
युवाहरुले सरसफाई गर्दै केहि बेर सडक नाटक समेत प्रदर्शन गर्दै सरसफाईको बारेमा चेतना प्रवाह गरेका छन् ।
यस्तै हटियाको अतिक्रमण हटाउने कार्यलाई शनिबार समेत युवाहरुले निरन्तरता दिएका छन् । यसअघि अतिक्रमण हटाउन चेतावनी दिएपनि नहटाएका अतिक्रमण युवाहरुले आफैं हटाएका हुन् । मनिहारा लाइनका व्यवसायीहरुलाई यसअघि नै अतिक्रमण गरी बनाइएका टहरा हटाउन भनिएपनि नहटाउँदा आफैं हटाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताए ।
युवाहरुले हटियाभित्रको सम्पूर्ण हतिक्रमण हटाएर बाटो फराकिलो बनाउने उद्देश्य रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको