संतोष चौधरी
नयाँ संविधानले संघीय संसद्को निर्वाचन आउँदो माघ २७ गतेसम्ममा गरी सक्नुपर्ने व्यवस्था गरेकोलाई ध्यानमा राख्दै नेपाल सरकारले संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनसँगै प्रदेशसभाको निर्वाचन समेत गर्ने मनस्थिति बनाई रहेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले शनिबार यस्तो आशयको अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सँगसँगै गराउँदा आर्थिक बोझ कम हुने र प्रतिनिधि सभाको चुनावपछि प्रदेश सभाको चुनाव हुन्न कि भन्ने आशंका समेत समाप्त हुने भएकाले सरकारले दुवै चुनाव एकै साथ गराउने सोच बनाइरहेको प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सँगसँगै गराउने विषयमा मुलुकमा एक खाले बहस चल्दै आएको छ । तर राजनीतिक दलहरूले यो विषयमा आन्तरिक छलफल गरी आफ्नो धारणा विकसित गरी सकेका छैनन् । देशमा पहिलो पटक प्रादेशिक निर्वाचन हुने भएकाले प्रतिनिधिसभासँगसँगै प्रदेश सभाको निर्वाचन व्यवस्थापनमा केही कठिनाई हुन सक्ने धारणा निर्वाचन आयोगको रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । माघ महिना आउन अहिले ६ महिना बाँकी रहेको अवस्थामा संभावित कठिनाईहरूको व्यवस्थापन गर्न सकिने अवस्था रहेको छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता तथा मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई समेत अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको