राजविराज । नेपाल किसान संघ सप्तरीले ७१ औं स्थापना दिवस मनाएको छ । नेपाली काँग्रेसको भातृ संघ नेपाल किसान संघ सप्तरीले आफनो ७१ औं स्थापना दिवस मनाएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीको सहयोगमा आयोजित अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले भने किसान संघको स्थापना जटिल अवस्थामा हँुदा पनि संघले किसानका आवाज वुलन्द गरेको थियो ।
नेपाल किसान संघले निरन्तर किसानका पक्षमा आवाज उठान गर्दानै कृषि क्षेत्रमा केही आशाका किरण देखिएको नेता रिजालले बताए ।
अहिले मुलुक भरीका किसानलाई खाद्यको लागि सरकार सँग माग गरेको छ । अब वैदेशिक रोजगारि वाट फर्केका युवालाई समेत कृषि क्षेत्रमा जोड्नुनै अहिलेको आवश्यकता रहेको बताउँदै । कृषक र कृषि क्षेत्रको विकास विना देशको समृद्धि को कल्पना गर्न नसकिने भन्दै माहामानव वि.पि.ले २००८ सालमा नेपाल किसान संघको स्थापना गरेको थियो ।
सोही कार्यक्रममा रिजालले भने मंसिर ४ गते हुन लागेको प्रेदश सभा र प्रतिनिधि सभा निर्वाचनमा सबैले एक जुट भएर लागन निर्देशन समेत दिए ।
नेपाल किसान संघका केन्द्रिय अध्यक्ष गणेश तिमिल्सीनाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल किसान संघका उपसभापतिद्वय फते मोहम्द, रामकुमार, केन्द्रिय सदस्य दिनेश कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।








