राजविराज । स्थानिय पशुपालकहरुलाई व्यवसायीका लागि तिरहुत गाउँपालिकाले १० वटा उन्नत जातका बोयर क्रस बोका बिहीबार निशुल्क बितरण गरेको छ ।
सो पालिकाको पशुपंक्षि विकास शाखाद्वारा चालु आ.ब.को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ वटै वडाका २÷२ जना पशुपालकहरुलाई सो बोका बितरण गरिएको गाउँपालिका अध्यक्ष बिजय यादवले जानकारी दिएका छन् ।
पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले वडा अधयक्षको सिफारिसमा प्रत्येक वडाका दुई÷दुई जना पशुपालकलाई बोयर ७५ प्रतिशत नश्लका बोका निशुल्क बितरण गरिएको अध्यक्ष यादवको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण, पशुपंक्षि विकास शाखाका प्रमुख गोसाई यादव तथा गाउँपालिकाका कर्मचारी लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको