
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् ।
राजधानी काठमाण्डु केन्द्रित शिक्षक आन्दोलन लम्बिँदै गएका बेला उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी स्रोतले जनाएको छ ।
उनले शिक्षक आन्दोलनका विषय सम्बोधन गर्न प्रयास गरे पनि सफल नभएपछि राजीनामा दिएकी छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाण्डु केन्द्रित आन्दोलनमा छन् ।