
काठमाडौँ । मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ ।
सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज राति ९ बजे शपथ खुवाउने तयारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ किरण पोखरेलका अनुसार, कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले मुलुकलाई नयाँ चुनावतर्फ लैजाने जिम्मेवारी पाउनेछ।
यसअघि, नयाँ सरकार गठनका लागि कार्कीसहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालशीतलनिवास पुगेका थिए। लामो छलफलपछि अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाममा सहमति जुटाइएको हो।