काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उद्देश्यका साथ बजेट ल्याइएको बताएका छन् ।
३० औँ किसान सहिद दिवस तथा ६९ औँ भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगायतका योजनाहरू बजेटमार्फत ल्याइएको समेत बताए ।
त्यस्तै उनले भने अहिलेको बजेट कृषिमा केन्द्रित रहेको बताए। मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सबलीकरण गर्न सबै पक्षबिच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थिए।







