राजविराज । सप्तरीको सुरूङ्गा नगरपालिका नदीजन्य ढुंगा, गिट्टी, बालुवा, ग्राभेल उत्खननमा राजश्वमा छुट दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छनाविन सूरु गरेको छ । भवानी कन्स्ट्रक्सन लहान प्रालिले ठे.नं. ०२।०७९।०८० पालिकाभित्रको तीनवटा खोला रु. १ करोडको कबोल गरेको थियो ।
तर नगरपालिकाले उक्त ठेक्कामा ठेकेदार कम्पनीसँग रु. ७२ लाखको मात्र सम्झौता गरेको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइएको हो । सुुरूङ्गा नगरपालिकाले बिभिन्न कारण देखाई कबोल अङ्कको रु. २८ लाख राजश्व छुट दिने गरी निर्णय गरेका थिए ।
राजस्व छुट दिन नपाउने भन्दै महालेखापरीक्षकले राजश्व छुट दिइएको रकम रु. २८ लाखको सयकडाको १० प्रतिशतले हुने ब्याज रकम रु. २ लाख ८० हजार गरी जम्मा रु.३० लाख ८० हजार सञ्चित कोषमा दाखिला हुनुपर्ने भनेको छ । यस्तै छुट भएको मूल्य अभिबृद्धि कर रु.९३ हजार ६ सय रूपैयाँ सुरुङ्गा नगरपालिका कार्यालयको नाममा आन्तरिक राजश्व कार्यालयमा समेत दाखिला हुने गरी राजश्व रकम र भ्याट रकम गरी रु. ३१ लाख ७३ हजार ६ सय असूल गरि दाखिला हुनुपर्ने देखाएको छ ।
नगरपालिका र भवानी कन्स्ट्रक्सन प्रा.लि. बीच भएको सम्झौता तथा ठेक्का शर्त बमोजिम तोकिएको स्थानमा तोकिएको परिमाणमा मात्र उत्खनन गर्नुपर्नेमा, सो को अनुगमनको प्रमाण पेश भएको नदेखिएको महालेखा प्रतिवेदनमा उल्लेख रहेको छ।
यस्तै राजमार्ग र पुलको उत्तर दक्षिण ५ सय मिटर भित्र ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि निकाल्न नपाउने व्यवस्थाको कडा कार्यन्वयनको र अनुगमन भएको देखिएन । भने ठेकेदारले पाक्षिक रूपमा १५÷१५ दिनमा सङ्कलन तथा उत्खननको परिमाणको लिखित जानकारी नगर कार्यपालिकाको कार्यालयमा अनिवार्य रुपमा पेश गर्नुपर्नेमा सो गरेको नदेखिएको महालेखले प्रतिवेदमा उल्लेख गरेको छ । यस्तै सम्झौता अवधि २०८० जेठ मसान्तसम्म रहेकोमा सो पश्चात उत्खनन नभएको भन्ने प्रष्ट आधार नगरपालिकाले पेश गर्न नसकेको महालेखाले जनाएको छ ।
नगरपालिकाका मेयर गिता चौधरीको निर्देशनमा भवानी कन्स्ट्रक्सन प्रा.लिलाई विषेश छुट दिएको नगरपालिका कार्यापालिका सदस्य तथा नगरपालिकाका प्रवक्ता शिव र्दशन पासवानले जानकारी दिए । उनले राजस्व छुट दिन नपाउने जानकारी नगर कार्यपालिका संग नरहेकोले जानी जानी छुट नदिएको बताए । प्रवक्ता पासमानले राजस्व छलिको विषयमा आफु सहित केहि जनप्रतिनिधीहरु अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा बयान दिएको बताए । अख्तियार दुरुपयोग अनुसन्धान अयोग इटहरीले मुद्दाको फाईल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल पठाई सकेको उच्च स्रोतले माईसंचारलाई जानकारी दिए ।







