काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सदनमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।

दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

उक्त बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सभापति थापाले प्रशिक्षण दिन लागेका हुन् ।

यसअघि गत चैत १४ मा पनि कांग्रेसले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई प्रशिक्षण दिएको थियो ।

कांग्रेसबाट प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ जना सांसद निर्वाचित भएका छन् ।

आङ्देम्बेका अनुसार बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको