राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० का वडाध्यक्ष सुनित यादवले भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस गरेको विषय सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाका बासिन्दा रामपुकार साहलाई नेपाली नागरिकता प्राप्त गर्न वडा कार्यालयबाट सिफारिस गरिएको थियो। उक्त सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सप्तरीले समेत उनलाई नेपाली नागरिकता जारी गरेको बताइएको छ।

घटनाबारे प्रतिक्रिया दिँदै वडाध्यक्ष यादवले आफूलाई गलत विवरण प्रस्तुत गरी झुक्याएर सिफारिस गराइएको स्वीकार गरेका छन्। उनले आवश्यक कागजात तथा विवरणका आधारमा सिफारिस गरिएको भए पनि पछि सम्बन्धित व्यक्ति भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको बताएका छन्।

यस घटनाले नागरिकता सिफारिस प्रक्रियामाथि प्रश्न उठाएको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले नागरिकता जस्तो संवेदनशील विषयमा सम्बन्धित निकायले थप सावधानी अपनाउनुपर्ने बताएका छन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको नागरिकताको वैधानिकता, सिफारिस प्रक्रियामा अपनाइएको मापदण्ड तथा सम्बन्धित व्यक्तिको वास्तविक नागरिकता अवस्थाबारे छानबिन हुनुपर्ने माग समेत उठ्न थालेको छ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकारीहरूको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ। छानबिनबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सरोकारवालाहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
14
1
1
1
1
1
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको