काउन्टरमा चित्रलेखाको नाममा लबिङ

२८ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालालाई नेपाल महिला संघको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गरेकाछन् ।

कांग्रेस केन्द्रीयय सदस्या समेत रहेकी नेतृ कोइरालालाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

कोइरालाले नेतृत्व गर्दा महिला संघको गरिमा बढ्ने र पार्टीले सोचेजस्तो नतिजा आउने भन्दै सभापति देउवासमक्ष पौडेलले उनको नाम प्रस्ताव गरेका थिए । तर, देउवाले सम्भव नभएको भन्दै अस्वीकार गरेका हुन् ।

देउवा पक्षीय नेताहरुले सुजातालाई सर्वसम्मत अध्यक्ष बनाउनै नसकिने अडान राखेका छन् । स्रोतका अनुसार देउृवा कुनै पनि भातृ संगठनको नेतृत्व पौडेल पक्षलाई दिन तयार छैनन् ।

देउवा पक्षीय नेताहरुले पूर्वकोषध्यक्ष चित्रलेखा यादवलाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने लविङ थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको