काठामाडौँ । देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु ९एभियन इन्फ्लुएन्जा० संक्रमण फैलिएको छ । संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ भने लाखौँ अण्डा र ठूलो परिमाणमा दाना पनि नष्ट गरिएको छ ।

संक्रमण फैलिन थालेसँगै सर्वसाधारणमा कुखुराको मासु र अण्डा सेवनबारे त्रास र अन्योल बढेको छ । पशु सेवा विभागका अनुसार झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा, ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।

प्रयोगशालामा गरिएको परीक्षणबाट बर्ड फ्लुका एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको छ । यद्यपि, कोशी प्रदेशमा पछिल्लो एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको विभागको दाबी छ।

मासु खान मिल्छ कि मिल्दैन ?

बर्ड फ्लु फैलिएपछि अब कुखुराको मासु खान सुरक्षित छ कि छैन रु भन्ने प्रश्न धेरै उपभोक्ताको मनमा उठेको छ । यस विषयमा पशु सेवा विभागका पशु चिकित्सक डा। मुकुल उपाध्याय राम्ररी पकाइएको कुखुराको मासु सेवन गर्दा बर्ड फ्लु सर्ने जोखिम नहुने बताउँछन् ।

कुखुराको मासु राम्रोसँग पकाएर वा उमालेर खाँदा बर्ड फ्लु सरेको अहिलेसम्म विश्वमै कुनै प्रमाण भेटिएको छैन, डा। उपाध्यायले भने, स्वस्थ कुखुरा बध गरेर त्यसको मासु सेवन गर्दा स्वास्थ्यका हिसाबले कुनै जोखिम हुँदैन, त्यसैले उपभोक्ताले अनावश्यक त्रास मान्नु पर्दैन । उनले संक्रमित क्षेत्रका कुखुरा बजारसम्म पुग्न नदिइने भएकाले उपभोक्ताले पाउने मासु सामान्यतया स्वस्थ हुने बताए ।

‘संक्रमण पुष्टि हुनेबित्तिकै सम्बन्धित फार्मका सबै कुखुरा नष्ट गरिन्छन् । त्यसैले संक्रमित कुखुराको मासु बजारमा पुग्ने सम्भावना हुँदैन’ उनले भने ।

नियन्त्रणका लागि सरकारले के गर्दैछ ?

सङ्क्रमण थप फैलिन नदिन सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी विभिन्न कदम चालिरहेको विभागले जनाएको छ ।

संक्रमित फार्मका सम्पूर्ण कुखुरा तत्काल नष्ट गरी सुरक्षित रूपमा गाड्ने काम भइरहेको छ । प्रयोगशालाहरूलाई बिदाको दिनसमेत सञ्चालन गरेर परीक्षणको दायरा विस्तार गरिएको छ । सीमा नाका र क्वारेन्टाइन क्षेत्रमा निगरानी बढाइएको छ भने कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गरिएको डा। उपाध्यायले बताए ।

यस्तै, अवैध रूपमा हुने पशुपन्छीको बिक्री–वितरण रोक्न सुरक्षा निकायसँगको सहकार्यमा विशेष अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ ।

किसानलाई विशेष आग्रह

पशु सेवा विभागले किसानलाई फार्ममा जैविक सुरक्षा ९बायोसेक्युरिटी० का उपाय कडाइका साथ लागू गर्न आग्रह गरेको छ ।

विभागले संक्रमित वा शंकास्पद कुखुराको व्यवस्थापन गर्दा विशेष सावधानी अपनाउन, मरेका कुखुरा खुला स्थानमा नफाल्न तथा अस्वाभाविक रूपमा कुखुरा बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ ।

विज्ञहरूका अनुसार बर्ड फ्लुको संक्रमण नियन्त्रणका लागि सरकारी प्रयाससँगै किसान र सर्वसाधारणको सतर्कता उत्तिकै आवश्यक छ ।

अनावश्यक हल्ला र त्रासभन्दा वैज्ञानिक तथ्यमा आधारित जानकारीलाई विश्वास गर्दै आवश्यक सावधानी अपनाउनु नै अहिलेको सबैभन्दा प्रभावकारी उपाय हुने विभागको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको