
७ असोज, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले पहिलो पटक उरी चरमपन्थी आक्रमणबारे बोलेका छन् । र, यसबारे पाकिस्तानलाई आधारहीन आरोप लगेको बताए ।
भारत प्रशासित कश्मीरको उरीमा बनेको सेनाको क्याम्पमा अघिल्लो साता आक्रमण भएको थियो । यो आक्रमणमा १७ सैनिक र चार संदिग्ध चरमपन्थीको मृत्यु भएको छ ।
न्यूयोर्कमा पाकिस्तानी पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री नवाज शरीफले भने, ‘भारतले उरी आतंकवादी आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको छ । तर, यो उचित होइन ।’
उनले उरी घटनाको जाँच हुनु पर्ने बताए । उनले हरेक घटनाका लागि पाकिस्तानलाई दोष दिने भारतलाई बानी परिसकेको बताएको बीबीसीले जनाएको छ ।