एजेन्सी । पहिलो महिला सागरमाथा आरोही जुनको तावेईको निधन भएको छ । उनको ७७ वर्षको उमेर जापानमा निधन भएको हो ।
जापानको सरकारी सञ्चार माध्यम एनएचकेका अनुसार साइटामा क्यान्सर सेन्टरमा उपचारको क्रममा निधन भएको हो । उनलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।
जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले २० दिनमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् र पहिलो पहिलो महिला सागरमाथा आरोही बनिन् । साथै उनी सेभेन समिटको सफल आरोहण गर्ने पहिलो आरोही समेत हुन् ।