फत्तेपुर । सप्तरीको फत्तेपुरमा आयोजीत जिल्ला स्तरीय टि–२० क्रिकेटको उद्घाटन खेलमा फत्तेपुर र भगनी बिजयी भएका छन् ।
रुपनगर र भगनी बिच भएको पहिलो खेलमा भगनीले टस जितेर ब्याटिङ रोजेको थियो । भगनीले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १२६ रनको लक्ष्य राखेको थियो । जवाफी खेल खेलेको रुपनगर २० ओभरमा १०९ रनमै समेटिएको थियो । भगनीका तर्फबाट अर्धसतक लगाउन सफल खेलाडी पवन श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै फत्तेपुर बी र सुन्दरपुर बिच भएको दोश्रो खेलमा सुन्दरपुर ५ विकेटले पराजित भएको थियो । दोश्रो खेलका म्यान अफ द म्याच भने सुन्दरपुरका खेलाडी प्रमोद खड्का भए । खेलको उद्घाटनका क्रममा बोल्दै प्रमुख अथिती रहेका सप्तकोशी नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पोखरेलले क्रिकेटको भविष्य उज्वल रहेको भन्दै खेलकुदको बिकासमा स्थानिय स्तरबाट हुन सक्ने सहयोग गर्न आफु तत्पर रहेको बताएका छन् ।
नगरपालिका अधिकृत पोखरेलले बलिङ र त्रियुगा सहकारीका अध्यक्ष शम्भू खडकाले ब्याटिङ गरि खेलको उद्घाटन गरेका थिए । शनिबार हुने खेल आयोजक फत्तेपुर र कञ्चनपुर बिच हुने छ । फत्तेपुर क्रिकेट टिमले आयोजना गरेको फत्तेपुर प्रिमियर लिग सिजन–४ मा हनुमाननगर, कञ्चनपुर, रुपनगर, बरमझिया, भगनी, सुन्दरपुर, फत्तेपुर टिम–ए र टिम–बी गरी ८ टिमको सहभागिता रहेको छ ।
फाइनल खेलमा पुग्ने टिमलाइ क्रमशः प्रथम पुरस्कार ११ हजार ११ र दोश्रो पुरस्कार ५ हजार ५ सय ५५ रुपैया साथै ट्रफि, मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको